Sajhamanch Archive

भरतपुरको विवाद समाधान गर्न सर्वदलीय बैठक

Published: in स्थानीय तह by . Leave a Comment on भरतपुरको विवाद समाधान गर्न सर्वदलीय बैठक.

चितव । भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने […]

विवादपछि भरतपुर महानगरपालिकाको मतगणना रोकियो

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on विवादपछि भरतपुर महानगरपालिकाको मतगणना रोकियो.

चितवन । भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । ५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । यस्तै […]

भद्रपुर नगरपालिकामा गठबन्धनले खाता खोल्यो

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा गठबन्धनले खाता खोल्यो.

झापा । भद्रपुर नगरपालिका वडा नम्बर–२ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडा अध्यक्ष जितेको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका हुन् । पराजित भएका सुब्बा निवर्तमान वडा अध्यक्ष हुन् । कँडेलले १३०९ र सुब्बाले १०७० मत ल्याएका छन् । राप्रपाका […]

वडा अध्यक्ष जित्दै कचनकवल गाउँपालिकामा एमालेले खाता खोल्यो

Published: in स्थानीय तह by . Leave a Comment on वडा अध्यक्ष जित्दै कचनकवल गाउँपालिकामा एमालेले खाता खोल्यो.

झापा । कचनकवल गाउँपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । एमालेबाट गाउँपालिकामा २ नम्बर वडा अध्यक्षका उम्मेदवार बनेका लेखनाथ खत्री निर्वाचित भएका छन् । खत्रीले राप्रपाका उम्मेदवार हरिनारायण चौहानलाई ९५ मतान्तरले पराजित गर्दै वडा अध्यक्ष जितेका हुन् । खत्रीले ७८० र चौहानले ६८५ मत ल्याएका हुन । काँग्रेसका सुरजकुमार भट्टराईले ६३१ मत ल्याए । […]

मोरङका १२ वडा अध्यक्षसहित ६० जना विजयी

Published: in स्थानीय तह by . Leave a Comment on मोरङका १२ वडा अध्यक्षसहित ६० जना विजयी.

मोरङ । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत १२ जना वडाअध्यक्षसहित ६० जना निर्वाचित भएका छन्। विजयी हुने वडाध्यक्ष नेपाली कांग्रेसका धेरै छन्। कांग्रेसले सात, एमालेले पाँच र नेकपा माओवादी केन्द्रले एक स्थानमा जीत हासिल गरेका छन्। कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, ग्रामथान गाउँपालिका वडा नम्बर १ […]

२३ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on २३ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक.

झापा । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार देशका ७५३ वटा पालिकाहरु मध्ये २३ वटा पालिकाको अन्तिम नतिजा सार्वजानिक भएको छ । जसअनुसार नेकपा एमालेले १० वटा गाउँपालिकाको अध्यक्ष र ८ वटा पालिकामा उपाध्यक्ष जितेको छ । यस्तै सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्षमा ८ पालिका र उपाध्यक्षमा ९ वटा […]

काठमाडौंको मेयर पदमा बालेनको अग्रता कायमै

Published: in स्थानीय तह by . Leave a Comment on काठमाडौंको मेयर पदमा बालेनको अग्रता कायमै.

काठमाडौँ । काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै रहेको छ। बालेन साहले २६०१ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बालेनले २६०१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थपितले भने १४१५ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन्। भने राप्रपाका मदनदास श्रेष्ठले २१४ मत प्राप्त […]

बिर्तामोड नगरपालिकाको मत गणना ३ बजेदेखि सुचारु गर्ने सहमति

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको मत गणना ३ बजेदेखि सुचारु गर्ने सहमति.

बिर्तामोड । अति सामान्य विषयमा भएको विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मत गणना कार्य आज आइतबार अपरान्ह ३ बजेदखि सुचारु गर्ने सहमति भएको छ । निर्वाचन अधिकृतको कार्यालयले छलफल पछि सार्वजनिक गरेको जानकारी अनुसार सम्बद्ध राजनीतक दलहरु, उम्मेदवार वा तिनका प्रतिनिधिहरु, प्रशासनसमेतको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मत गणना कार्य वडा […]

२२ पालिकाको नतिजाः एमाले ९ मा र कांग्रेस ८ मा विजयी

Published: in समाज, स्थानीय तह by . Leave a Comment on २२ पालिकाको नतिजाः एमाले ९ मा र कांग्रेस ८ मा विजयी.

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म २२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित […]

अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने.

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ। अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ। ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो। प्राप्त भएको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो। २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको […]