झापा । स्थानीय तह निर्वाचनको आज मुख्य दिन, देशका ७५३ वटै पालिकामा एकसाथ भइरहेको मतदान कार्यका बीच छिटपुट घटनाहरु पनि भएका छन् । विभिन्न स्ञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचारअनुसार रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । […]
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतदानको दिन आज शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको […]
झापा । झापाको कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण र झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् । कारबाहीमा परेका दुवैजनालाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिएका छन् । मतदान अधिकृत शैलेन्द्र कर्णले हिजो एकजना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय […]
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताएका […]
दमक । सत्तारूढ दलहरूसगँ गठबन्धन गरी झापाको दमकमा नगरप्रमुख पदमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हाे। प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। उनको आजै दिउँसो तीन बजे अपरेशन गर्ने […]
काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]
काठमाडौं । अबको २४ घण्टाभन्दा पनि कम अवधिमा मतदान शुरु हुन्छ । शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्छन् । अहिले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा […]
काठमाडौं । निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनिमणि उपाध्यायले […]
काठमाडौँ । विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । केहीमा भने नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ । कपिलवस्तुको महाराजगंग नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो […]
झापा । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका ७५५ वटै मतदान केन्द्रमा मतपत्र , मतपेटिकालगायत आबश्यक सबै कागजात र सामग्री पु¥याइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार ३६१ वटा र मंगलबार ३९४ वटा मतदान केन्द्रमा मतदानका लागि आबश्यक सामग्री पुर्याइएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले […]