कनकाई । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले नगरको बेरोजगारी समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार बनेको दाबी गरेका छन् । आफू निर्वाचित भए पछि कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने उनीहरुले दाबी प्रस्तुत गरेका हुन् । […]
भद्रपुर । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाको टोली झापाको स्थलगत अनुगमनमा आएको छ । झापा सदरमुकाम भद्रपुर आइपुगेकी थापाले स्थानीय तह निर्वाचनका बेलामा मानव अधिकारको उल्लंघनको अवस्था तथा निर्वाचन आचार संहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासमेत गरेकी छिन् । निष्पक्ष निर्वाचनका लागि प्रचलित नियम कानुनको पालनाको अवस्था, […]
अर्जुनधारा । आसन्न स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने आश्वासन दिएका छन् । नेकपा एमालेबाट नगरप्रमुख पदका प्रत्यासी गोम्देनले चुनावी प्रचार अभियानमा बोल्दै अर्जुनधारामा रहेका भूमिहिन जनताहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा रहेकाहरुलाई जग्गा धनिपूर्जा वितरण गर्न आफू नेतृत्वको […]
काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते […]
झापा । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा […]
झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ […]
झापा । आगामी वैशाख ३० गते मतदान हुने दिन सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ। पास विनाका सवारी साधन चलाउन नदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ। आयोगले काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीहरूले अनिवार्यरुपमा अनुमति लिनुपर्ने मापदण्ड तयार गरेको छ। जसअनुसार एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले भने सवारी पास लिनु पर्दैन। आयोगले शारीरिक अपाङ्गता भएका […]
झापा । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ। निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए। आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, […]
झापाको कमल गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार अग्निप्रसाद कोइराला भविष्य बोकेका एक सशक्त नेता हुन् । भवानीप्रसाद कोइराला र नरमाया कोइरालाको सन्तानका रुपमा २०३१ साल असार ३० गते उनको जन्म भएको हो । तत्कालीन तोपगाछी गाविस वडा नं. ७ हाल कमल गाउँपालिका वडा नं. ३ केर्खामा जन्मेका कोइरालाले दमक क्याम्पसमा […]
भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका सत्तारुढ दलहरूको गठबन्धनले प्रचार प्रसारलाई तीव्र पारेका छन् । झापा सदरमुकाम तथा नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको भद्रपुर नगरको समृद्धिको खाकासहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले नगरका १० वटै वडामार्फत समय तालिका मिलाएर प्रचारप्रसार तीव्र गतिमा […]