बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख […]
झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण तराई क्षेत्रमा केही स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन् । तर ४० डिग्री सेल्सियसको तापक्रम झेलिरहेको बिर्तामोड नगरपालिकामा यो सम्बन्धी निर्णय हुन सकेको छैन । झापाको मेचीनगर नगरपालिकाले दुई दिन, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका […]
धरमपुर (शिवसताक्षी) । नेपालको पहाडी क्षेत्रका धेरै ठाउँमा पानीको अभाव भएर त्यहाँका बासिन्दाहरु तीन–चार घण्टाको बाटो पैदल गएर खानेपानी ल्याउनु पर्ने बाध्यताका बारेमा चर्चा हुनुलाई सायदै अनौठो मान्नु पर्ला । तर तराइको समथर भूगोलमा पनि सफा खानेपानीको समस्या छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । सुगम जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा १ धरमपुरका स्थानीयहरु […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा सान्त्वना सापकोटा, रक्षा विश्वास, […]
बनियानी । शिक्षक सेवा आयोग अन्तरगतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको लागि ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो । तालिमको समापनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले पत्रकारिता तालिम लिएका भाई बहिनीहरुलाई पत्रकारको आचारसंहितामा रहेर काम […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]
झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ । नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक […]