मेचीनगर । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ । नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए । वडा नं. २ को अध्यक्ष पदमा […]
नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो । वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ […]
काठमाडौं । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान अन्तरगत बुधबार दिनभर वडानम्बर १० का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएका छन् । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो । प्रचार अभियानमा नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला र १० नं. वडाका […]
बाह्रदशी । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार तथा नेता–कार्यकर्ता मतदाताको घरघरमा मत मागिरहेका छन् । विभिन्न एजेण्डा लिएर यतिबेला मतदाताकोमा जाने उम्मेदवार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेदवारले कृषिलाई प्राथमिकतामा राखेर आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक कृषि […]
कनकाई । नेकपा एमालेका तर्फबाट कनकाई नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार बनाइएका राजेन्द्रकुमार पोखरेल र उपप्रमुखका उम्मेदवार मञ्जु प्रसाईसहितको टिम नगरको मुहार फेर्न सक्ने सक्षम नेतृत्व भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज कनकाई नगर कमिटीले सुरुड्गामा आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक तथा चुनावीसभामा बोल्दै उनले कनकाईबासीको यो विशाल उपस्थितिले […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको लारुम्वा प्रस्थान गरेका छन् । मंगलवार झापा आएका उनी आज इलामका दुई कार्यक्रममा सहभागी भएर झापा फर्किने कार्यक्रम रहेको छ । अध्यक्ष माङ्सेवुङस्थित किराँत धर्मको आस्था मानिने लारुम्बा प्रस्थान भएका हुन् । झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ बसेका उनी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित नेताहरु लिएर […]
नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई नेकपा एमालेले पुनः उपप्रमुख पदको टिकट प्रदान गरेको हो । २०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै […]
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने दोहोर्याएकी छन् । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नगरप्रमुख उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचन पछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी दोहोर्याएका छन् । झापाका विभिन्न पालिकाहरुमा मंगलबार भएका छुट्टाछुट्टै चुनावी सभाहरुमा अध्यक्ष ओलीले एमालेले स्पष्ट नीति तथा कार्यक्रमहरु लिएर जनतामाझ पुगेकाले आफ्नो पार्टीले बर्चश्व कायम गर्ने दावी गरेका हुन् । जिल्ला […]