झापा । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् । यसरी तोकिएका पदाधिकारीको नाम सहितको […]
दमक । जनता समाजवादी पार्टीका प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङले आफूहरुको पार्टीले दमक नगरमा उठाएका उम्मेदवार विजयी भएमा दमकमा बन्दै गरेको सभागृहको नाम शिलान्यास कै समयको कायम गर्ने बताएका छन् । दमक ९ मा बन्दै गरेको समुदायिक भवन शिलान्यासको समयमा राखिएको फाल्गुनन्द सभागृह नै कायम गर्ने उनको भनाई छ । दमकमा पार्टीको चुनाव प्रचार […]
शरणामति । नेकपा एमाले झापा गाउँ कमिटीले स्थानीय तह निर्वाचन–२०७९ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । झापा गाउँपालिकामा एमालेको सरकार बनाउने उद्घोषका साथ सार्वजनिक उक्त प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, जनजीविका, वातावरण तथा पर्यटन, रोजगार, सामाजिक सुरक्षा, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायतका विषयवस्तु समेटिएको छ । एमाले नेतृत्व विजयी भएपछि जनमुखी कार्यक्रम लागू गरी […]
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापाका चारवटा चुनावीसभालाई सम्बोधन गर्न कार्यक्रम तय भएको छ। चन्द्रगढी उत्रिए लगत्तै उनले भद्रपुर नगरपालिकाको ज्ञानेचोकमा आयोजित सभालाई ११ः३० मा सम्बोधन गर्ने छन् । एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार दिउँसो १ः३० बजे हल्दिबारी गाउँपालिकाको गोलधाप, दिउँसो ३ बजे मेचीनगर नगरपालिकाको धुलाबारी र […]
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकामा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदायस्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताएका छन् । चुनावी घरदैलोका क्रममा अर्जुनधारा ३ खुदुुुुनाबारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने दोहोर्याएका हुन् । एमालेका उम्मेदवार गोम्देनले खुदुनाबारीको भूगोलमा भइरहने जंगली हात्तीको […]
वि.सं. २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो गोपालचन्द्र बुढाथोकी । २०३८ सालमा झापाको धुलाबारी माविबाट विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीति यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । औपचारिक शिक्षामा आईएसम्म अध्ययन गरेका बुढाथोकीले आफ्नो परिवारको आर्थिक कमजोरीका कारण वि.सं. २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर यातायात मजदुरका रुपमा […]
झापा । झापा गाउँपालिकामा नेकपा एमालेले मतदातासँग घरघरमा नै पुगेर साक्षात्कार गर्ने कार्यलाई निरन्तरता दिएको छ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो तथा भेटघाटलाई एमालेले तीब्रता दिएको हो । जनताको घरआँगनमा गई उनीहरूका माग, दुःख–अप्ठ्यारा सुन्दै चुनावी अभियानलाई एमालेले अघि बढाइरहेको हो । एमाले जिल्ला कमिटी सदस्य मनोज ताम्ली, झापा […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताएकी छन् । नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवार बनेकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै सुशासनका लागि महिलालाई नेतृत्व अनिवार्य भएको बताएकी हुन् । अहिलेको परिस्थितिमा महिलालाई नेतृत्व गर्नका लागि आसन चाहिएको छ भन्दै उपप्रमुख पदका […]
धनुषा । नमुना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् । नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन […]