कमल । मुलुकभरकै सर्वाधिक चासो र चर्चामा रहेको झापामा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले झापाका १३१ वडाहरुमा चुनावी घरदैलो अभियान तीब्ररुपमा चलिरहेको जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उत्कृष्ट नतिजा प्राप्त गर्न वडा हुँदै टोल कमिटीहरुले भोट माग्दै मतदाताहरुको घरदैलोमा पुग्ने काम हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री […]
कमल । स्थानीय तहको निर्वाचनको संघारमा अहिले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् । विभिन्न उमेर समूहलाई विभिन्न आश्वासन देखाएर भोट मागिरहेका बेला नेकपा एमालेका उम्मेदवारहरु प्रति भने ज्येष्ठ नागरिकहरुको उच्च मोह देखिएको छ । कमल गाउँपालिकाका विभिन्न वडामा उम्मेदवारहरु भोट माग्न घरघर पुगिरहँदा ज्येष्ठ नागरिकहरुले आफूहरुको भरोस एमालेप्रति मात्र रहेको […]
भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ । एमालेको तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख पदमा उम्मेदवारी दिएकी कौशल्या अधिकारीलगायत उम्मेदवारहरुको टोली शनिबार बिहानैदेखि विभिन्न वडाका घरदैलोमा भेटिएका […]
बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आज बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज बिहान आयोजित कार्यक्रममाझ बिर्तामोड नगरपालिकामा आफ्नो नेतृत्व स्थापित गर्नेगरी कार्यक्रम अघि सारेको हो । प्रतिवद्धता पत्रमा मूलरुपमा सातवटा बुँदालाई अघि सारिएको छ । बिर्तामोड नगरपालिकाको वृहत्तर विकासका […]
भद्रपुर । नेपाली काँग्रेसका युवा नेता अर्जुनकुमार थापाले भद्रपुर १० को वडाध्यक्षका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापाले नेपाली काँग्रेसको गठबन्धनका सबै पदमा विजय हासिल गर्न पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति मार्फत जनाएका छन् । वि सं २०४६ सालदेखि नेपाल विद्यार्थी संघ हुँदै काँग्रेस राजनीतिमा सकृय […]
कनकाई । स्थानीय तह २०७९ को निर्वाचन कार्यतालिका अनुसार आज १६ गते उम्मेदवारी फिर्ता लिने अवधिमा नगरप्रमुख १, उपप्रमुख १, वडाध्यक्ष २, महिला वडासदस्य २, दलित महिला वडासदस्य २ र खुल्ला वडासदस्य पदमा उम्मेदवारी दिने ६ जनाले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकाले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सो कुरा […]
अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले आज शुक्रबार १० नम्बर वडामा मतदाता भेटघाट कार्यक्रम गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमत हासिल गर्दै विजयी हुने लक्ष्य लिएको एमालेले उम्मेद्वारसहित मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदका […]
बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो गर्दै सूर्यमा भोट माग्न थालेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवारहरु घरदैलौ अभियान मार्फत मतदाता भेटघाटमा जुटेका छन् । मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेदवारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई सक्रिय बनाएका हुन् । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा […]
मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । नगरप्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचैजना सूर्य ध्वजावाहक उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने […]
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र […]