Sajhamanch Archive

एमाले बिर्तामोडको चुनावी प्रचार अभियान वडा नं. १ बाट सुरु

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमाले बिर्तामोडको चुनावी प्रचार अभियान वडा नं. १ बाट सुरु.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चुनाव प्रचार अभियान सुरु गरेको छ। नगरप्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले नगरकमिटी चुनावी प्रचार अभियानमा जुटेको हो । एमालेले बिर्तामोड वडा नम्बर १ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद […]

स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन.

झापा । स्थानीय तह निर्वाचनका लागि ७५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार १० हजार भन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो। सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म […]

एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार.

विराटनगर । स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अवस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न […]

पहिलो दिन भद्रपुर नगरप्रमुख उपप्रमुखमा ३/३ जनाले दिए उम्मेदवारी

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on पहिलो दिन भद्रपुर नगरप्रमुख उपप्रमुखमा ३/३ जनाले दिए उम्मेदवारी.

भद्रपुर । भद्रपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पहिलो दिन ३ वटा दलले प्रमुख उपप्रमुख सहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता तालिका अनुसार नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख अशारू राजवंशी, उपप्रमुखमा कौशिला अधिकारीसहित […]

कांग्रेसबाट बिर्तामोडमा भोजराज सिटौला नगरप्रमुख र वडाध्यक्ष उम्मेदवार सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कांग्रेसबाट बिर्तामोडमा भोजराज सिटौला नगरप्रमुख र वडाध्यक्ष उम्मेदवार सार्वजनिक.

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड नगरसमितिले बिर्तामोड नगरपालिकाको वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रसँग गठबन्धन जारी राखेको नेपाली कांग्रेसले नगरप्रमुख लिएर उपप्रमुख माओवादीलाई दिने निर्णय भएको छ । बिर्तामोड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् । तर माओवादीबाट उपप्रमुखको नाम टुंगो नगरेको छलफलमा रहेका एक […]

झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने

Published: in मिडियाबाट साभार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने.

झापा । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका […]

३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी.

मोरङ । ३३ प्रतिशत महिला उम्मेद्ववार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो। गठबन्धनका कारण महिलाहरुले पाउने ३३ प्रतिशत पनि कुण्ठित हुने अवस्था आएपछि महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ […]

यी हुन् बिर्तामोडमा राप्रपाका उम्मेदवारः नगरप्रमुखमा उप्रेती र उपप्रमुखमा प्याकुरेल

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on यी हुन् बिर्तामोडमा राप्रपाका उम्मेदवारः नगरप्रमुखमा उप्रेती र उपप्रमुखमा प्याकुरेल.

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । त्यस्तै वडाध्यक्षमा वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ […]

मेचीनगरको नगर प्रमुखमा बुढाथोकी, उपप्रमुखमा उप्रेतीले उम्मेद्वारी दिने एमालेको निर्णय

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on मेचीनगरको नगर प्रमुखमा बुढाथोकी, उपप्रमुखमा उप्रेतीले उम्मेद्वारी दिने एमालेको निर्णय.

मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाइएको छ । शनिवार मध्यरातमा मात्र यी पदका उम्मेदवारको नाम टुंगो लगाइएको जनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको […]

नेकपा एमालेबाट झापाका पालिकाका प्रमुख उपप्रमुखमा को को उम्मेदवार ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेबाट झापाका पालिकाका प्रमुख उपप्रमुखमा को को उम्मेदवार ?.

झापा । नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ । प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाइने छ । उपप्रमुखमा हाल वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले जनाएका छन् । यस्तै […]