Sajhamanch Archive

बिर्तामोडका वडाध्यक्ष लिङ्देनलाई पितृशोक

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका वडाध्यक्ष लिङ्देनलाई पितृशोक.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पितृशोक परेको छ । उनका पिता भिमबहादुर लिङ्देनको आज चैत १ गते बिहान ७ बजे पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ मा रहेको निजी निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । सामाजिक सञ्जालहरुमा उनको निधनप्रति शोक व्यक्त गर्दै धेरै श्रद्धाञ्जली तथा […]

संघीय सरकारलाई सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका मेयर पोख्रेलको माग

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on संघीय सरकारलाई सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका मेयर पोख्रेलको माग.

सुरुङ्गा । सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले सघिय सरकारसग माग गर्नु भएको छ । सोमबार कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन क्रममा बोल्दै मेयर पोख्रेलले आफुहरुले स्थानीय तहको तर्फबाट सुकुम्बासी हरुका लागि सबै कार्य पुरा गरिसकेकाले अब पनि लाल पुर्जा […]

घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा.

कनकाई । झापाको कनकाई ९ स्थित घैलाडुवामा कवर्ड हल संचालनमा आएको छ । कनकाई नगरकै पहिलो कवर्ड हल संचालनमा आएसँगै सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ । प्रदेश सभा सदस्य एकराज कार्की एवम् कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको कवर्ड हल ५० लाख ५० हजारको लागतमा निर्माण सम्पन्न […]

विर्तामोड नगरपालिकाद्वारा हात्ती पाइलेको औषधी कार्यक्रमको सुभारम्भ

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा हात्ती पाइलेको औषधी कार्यक्रमको सुभारम्भ.

विर्तामोड । राष्ट्रिय हात्तिपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम बिर्तामोडमा शुभारम्भ गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार आयोजना गरेको संक्षिप्त कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले औषधि सेवन गरेर शुभारम्भ गरेका छन् । कार्यक्रममा नगरपालिकाी उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट,स्वास्थ्य कार्यालय झापाका प्रमुख […]

अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी

Published: in खेलकुद, विविधा, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कपः धनकुटा फुटवल क्लबलाई हराउँदै एपी. एफ.पकली विजयी.

कमल । कमल गाउँपालिकाको केर्खा खेल मैदानमा जारी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा एपी एफ पकली विजयी भएको छ । विहीबार भएको खेलमा धनकुटा फुटवल क्वल, धनकुटा लाई ५– ०को गोल अन्तरले हराउदै एपी. एफ.पकली सुनसरी विजयी भएको हो । आजको खेलको म्यान अफ दी म्याच एपी एफका रोमन भुजेल घोषित भए । उनले […]

प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात.

कमल । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आयोजक कमल गाउँपालिका खेलकुद विकास समितिलाई उद्घाटन खेलमा नै १–० गोलले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो । पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो […]

बिर्तामोडका एक युवा मध्य दिउँसो आफ्नै कोठमा मृत भेटिए

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका एक युवा मध्य दिउँसो आफ्नै कोठमा मृत भेटिए.

बिर्तामोड । बिर्तामोड वडा नं. ५ मा पर्ने एमिटी कलेज अगाडि मित्रनगरमा आज दिउँसो एक युवक संकास्पद अवस्थामा मृत भेटिएका छन् । हालैमात्र जर्मनीबाट आफ्नो घर बिर्तामोड आएका २८ वर्षीय चिरन्जिवी दाहाल घरको बन्द कोठाभित्र मृत भेटिएका हुन् । दिउँसो करिब १२ बजे मावलकी हजुरआमालाई टिभी खोलिदिएर सिटिङ रुमबाट निस्किएका उनी केही समय पछि आफ्नै […]

फागुन २७–२८ ठुटेबरमा वडास्तरीय भलिबल गरिँदै

Published: in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on फागुन २७–२८ ठुटेबरमा वडास्तरीय भलिबल गरिँदै.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ ठुटेबरमा वडास्तरिय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा ठुटेबरको प्राङ्गणमा यही फाल्गुन २७ गते र २८ गते उक्त प्रतियोगिता हुने जनाइएको छ । वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र पौडेलले बताएका छन् । पछिल्लो […]

चन्द्रगढी सेवा समाजको अक्षयकोष निर्माणका लागि संरक्षक घिमिरेले दिए १,११,१११, बृद्ध आमा तथा असल बुहारीको सम्मान

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढी सेवा समाजको अक्षयकोष निर्माणका लागि संरक्षक घिमिरेले दिए १,११,१११, बृद्ध आमा तथा असल बुहारीको सम्मान.

भद्रपुर । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले सम्मानसहित विविध कार्यक्रम सपन्न गरेको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा बृद्ध आमा तथा असल बुहारी सम्मान गरिएको हो । कार्यक्रममा बृद्ध आमाका रूपमा भद्रपुर १० की ७७ वर्षीया पुण्यकुमारी मैनाली र असल […]

हल्दिबारीमा ३० हजार जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

Published: in लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on हल्दिबारीमा ३० हजार जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा यसवर्ष ३० हजारजनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । झापामा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन गरिने हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत औषधि सेवन कार्यक्रमलाई प्रभावकारी वनाउन आज आयोजना गरिएको पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य शाखाले सो तथ्यांक सार्वजनिक गरेको हो […]