Sajhamanch Archive

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनको मतगणना सुरु.

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद […]

राष्ट्रपति चयनका लागि मतदान सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति चयनका लागि मतदान सुरु.

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिए लगत्तै […]

सरकारले चाहे ४ महिनामा गुढ्न सक्छ नेपालमा हाइड्रोजन कार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारले चाहे ४ महिनामा गुढ्न सक्छ नेपालमा हाइड्रोजन कार.

काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा विद्युतीय गाडीबारे चर्चा भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले हरित ऊर्जा हाइड्रोजनबाट चल्ने गाडी चढ्ने बताएपछि नेपालमा हाइड्रोजन ऊर्जाको बहस सुरु भएको […]

एनएमसीको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव ६० स्थानमा मनाइयो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव ६० स्थानमा मनाइयो.

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । […]

नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान […]

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ.

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र […]

महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज कनकाई र खुदुनाबारी भिड्दै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज कनकाई र खुदुनाबारी भिड्दै.

कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाका […]

अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था.

पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै छ । सुरुमा राजनीतिक तवरबाट मनाउन सुरु भएको यो दिवस वर्तमान समयमा महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताको […]

यूएई विरुद्ध नेपालको जीत, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on यूएई विरुद्ध नेपालको जीत, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो नेपाल.

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। यो जितसँगै अंक तालिकामा नेपाल एक स्थान माथि उक्लिएको छ। त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४५ ओभरमा १८७ रनमै समेटिएको हो। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र […]

सतासी सहकारीको २६औं स्थापना दिवसमा डिपार्टमेन्टल स्टोरको नयाँ आउटलेट सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सतासी सहकारीको २६औं स्थापना दिवसमा डिपार्टमेन्टल स्टोरको नयाँ आउटलेट सञ्चालनमा.

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको […]