Sajhamanch Archive

दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने.

दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]

दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी

Published: in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी.

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश कमिटीका […]

हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन.

फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ […]

सरकारले दियो बकर ईदमा बिदा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारले दियो बकर ईदमा बिदा.

काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।

गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ गर्दै रोङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ गर्दै रोङ.

इलाम । गत वर्ष असार १० मा पालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले एउटा प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, आउँदो वर्षको बजेट सार्वजनिक गर्ने बेलामा हाम्रो टेबलमा गाउँपालिकाले ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट हुनेछ। वर्ष दिनअघिको उनको वाचा यसपटक पूरा भयो। यसपालि गाउँ अधिवेशन चलिरहँदा जनप्रतिनिधिका अघिल्तिर रोङ गुन्द्रुकको प्याकेट […]

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स.

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाईमार्गमार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको […]

हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु.

सांकेतिक चित्र हल्दिबारी । आज मंगलबार बिहानै झापाको हल्दिबारीमा एक अधबैंसेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार भद्रपुर नगरपालिका ७ का ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले मारेको हो । हल्दिबारी २ को देउनिया पूलभन्दा केही उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउछाउ जंगली […]

भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो.

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]

यस्तो छ आजको मौसम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ आजको मौसम.

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार बिहान देशभर आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि […]

असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए […]