Sajhamanch Archive

माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने.

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले […]

मानवाधिकारवादी नेता तथा पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मानवाधिकारवादी नेता तथा पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन.

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने […]

लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्.

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त संस्थाको संख्यामात्रै ६४ वटा छन् । देशभरका सयौं सहकारी संस्थाहरु मार्फत पनि लघुवित्त कार्यक्रम सञ्चालन गरेर सदस्यको घरदैलो बचत, कर्जा […]

अलैंचीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न व्यवसायीहरु दुबईतर्फ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अलैंचीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न व्यवसायीहरु दुबईतर्फ.

झापा । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुअरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिविशनमा सहभागी हुन अलैंची व्यवसायीहरु दुबई उडेका हुन् । महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको जनाइएको छ । नेपाल सरकार व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहजीकरणमा हुन गइरहेको […]

पूर्वराजालाई ओलीको प्रश्‍न: २४० वर्षसम्म देशलाई कहाँ पुर्‍याउनुभो?

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वराजालाई ओलीको प्रश्‍न: २४० वर्षसम्म देशलाई कहाँ पुर्‍याउनुभो?.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको बताए। ‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ। उहाँलाई अझै पनि पुरानै झल्को आइरहेको छ। त्यो झल्काले दुई चार जना मान्छे अगाडि देख्यो भने […]

बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन.

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको समुद्घाटन मन्तब्य राख्दै सांसद कार्कीले संगीत सबैखाले पीडाबाट भुल्ने अचुक औषधि भएको बताए । मानिसमात्र […]

झापामा चार प्रतिभा एकसाथ पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on झापामा चार प्रतिभा एकसाथ पुरस्कृत.

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी चारवटा पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट […]

भद्रपुर झापा गोल्डकपको तयारी पूरा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकपको तयारी पूरा.

भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो । समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी […]

सभामुख घिमिरेलाई सहाराको सम्मान र ध्यानाकर्षण एकसाथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सभामुख घिमिरेलाई सहाराको सम्मान र ध्यानाकर्षण एकसाथ.

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित देवराज घिमिरे सहारा नेपाल साकोसका सेयर सदस्य हुन् । उनी सभामुख बनेको खुसीमा संस्थाले कार्यालयमा नै आमन्त्रण गरी दोसल्ला […]

‘बजेट कटौतीले अर्थतन्त्र धरासायी बन्ने संकेत’ सभामुख घिमिरे

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘बजेट कटौतीले अर्थतन्त्र धरासायी बन्ने संकेत’ सभामुख घिमिरे.

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको […]