काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरे । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी […]
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल […]
बिर्तामोड । चिया क्षेत्रका समस्या र सवालहरुबारे आज सोमबार पत्रकारहरुसँगको कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको थियो । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराई समस्या समाधानमा टेवा पुर्याउन कार्यशाला आयोजना गरिएको बताइएको छ । संवाद […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर पारेर शनिबार र आइतबार दुई दिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आज आइतबार रास्वपाको केन्द्रीय समिति र […]
झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यवसायी प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, […]
भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदासमेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दैछ। सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्। स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक […]
‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा […]