बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रसायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने सुझाएका हुन् । शनिबार बिर्तामोडमा […]
झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष समारोहका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश १ को नामाकरण चाँडै हुन्छ’ मुख्यमन्त्री कार्कीले भने– ‘सबै […]
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले आज जिल्लाका अग्रज पत्रकारहरुमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न लागेको संगठनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिएका छन् । प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन […]
कमल । सवारी दुर्घटनामा परी आज बिहान यहाँ दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा भएको सडक दुर्घटनामा परी ट्रकका चालक र सहचालकको मृत्यु भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको मालवाहक ट्रकलाई ना ३ ख ८३११ नम्वरको ट्रकले […]
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकारहरु नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे […]
झापा — सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ […]
झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । मुद्धा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । केएमसी […]
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गरेका छन् । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बुधवार भएको दुईपक्षीय भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास, प्रशारण र व्यापार […]
झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो । भारतको पश्चिम बंगाल, […]