झापा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए । आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखाका मानिसहरुले […]
भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा निराकार पाण्डेको शव नेपाल ल्याएर दाहसंस्कार गरेपछि अहिले घरमा नै दशगात्र कर्म चलिरहेको छ । राजनीतिक, सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरुबाट परिवारजनमा समवेदना गर्न आउनेहरु दैनिक ठूलो संख्या हुने गरेको छ । सोही शिलशिलामा आज बिहीबार नेकपा एमाले जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटीसहित […]
मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मिलित उक्त प्रतियोगिता यही माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीनसहित प्रदेश १ का ७ वटा टिमले प्रतिष्पर्धा […]
काठमाडौँ । कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ । बैठकले क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् […]
काठमाडौं । आत्मदाह गर्नुअघि आम नागरिक तथा सर्वसाधारणको लागि ६५५३ शब्दको ‘सुसाइट नोट’ लेख्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले यसबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको हो । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर […]
झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन् । एमाले निकट कानुन व्यवसायी आचार्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधीवक्ता नियुक्त भएका हुन् ।मंगलवार […]
भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको […]