Sajhamanch Archive

माओवादी र राप्रपाका यिनले लिँदैछन् मन्त्रीको सपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी र राप्रपाका यिनले लिँदैछन् मन्त्रीको सपथ.

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा […]

पावर सेयरिङः भागबण्डामा कोही सहमत कोही बाहिरबाटै सहयोग गर्न तयार

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पावर सेयरिङः भागबण्डामा कोही सहमत कोही बाहिरबाटै सहयोग गर्न तयार.

काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार […]

यती एयर विमान दुर्घटनाः शव चिन्न आफन्तलाई सकस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यती एयर विमान दुर्घटनाः शव चिन्न आफन्तलाई सकस.

पोखरा । अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर चिन्न खोज्छन् । शव नचिन्नेहरू दुःखी भएर निस्कन्छन् । आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेको शव चिन्न […]

सेनाले उड्डयन प्राधिकरणलाई बुझायो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेनाले उड्डयन प्राधिकरणलाई बुझायो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’.

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयर विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण गरेको हो । नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले सोमबार दिउँसो उक्त ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण […]

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची.

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिएका छन् । उनका अनुसार डिजेलमा […]

यती एयर दुर्घटनाः पहिचान नभएका शवहरु काठमाडौं पठाउने तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यती एयर दुर्घटनाः पहिचान नभएका शवहरु काठमाडौं पठाउने तयारी.

पोखरा । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर आज सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिएका छन् । पहिचान भएका शवहरुको पोखरामै […]

राष्ट्रपति निर्वाचनः माओवादीको नियतमा शंका !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनः माओवादीको नियतमा शंका !.

काठमाडौँ । राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगले तयारी थालेको छैन । निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिन सक्ने कानुनी प्रावधान भए पनि आयोगले मिति तोक्न छलफलसमेत गरेको छैन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति […]

लोक गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on लोक गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन.

पोखरा । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि आउँदै गरेकी लोक गायिका रिना छन्त्यालको पनि यती एयरको विमान दुर्घटनामा परेर निधन भएको छ । प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको उनकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेकी हुन् । ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, […]

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन.

काठमाडौं । हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ । विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पंकजको पहलमा सम्पन्न उक्त शिला पूजन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट […]

तरुल उत्सवमा लिङ्गेपिङका उत्कृष्टलाई पुरस्कार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on तरुल उत्सवमा लिङ्गेपिङका उत्कृष्टलाई पुरस्कार.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंङ फुडको अन्त्य गर्दै अर्गानिक […]