काठमाडाैं । नेकपा एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे छ । एमाले अध्यक्ष केपी ओली निवास बालकाेटमा सम्पन्न दलहरूकाे बैठकले १६६ सांसदकाे समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेकाे समाचार बाहिरिएकाे छ ।
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरी समेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]
चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहामा आयोजित समारोहका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । अध्यक्ष शर्माले उद्घाटन मन्तव्यमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवा विरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा […]
दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही ढिलाई भएको प्रष्ट पार्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनिपूर्जासमेत वितरण सम्पन्न गर्ने बताए । स्थानीय तहमा आफूहरु निर्वाचित […]
बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ । आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार […]
झापा । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलगरूपमा प्रतिवेदन बुझाएको […]
झापा । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र बिराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एनसी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट […]
बिर्तामोड । सार्वजनिक सडकको क्षेत्रमा निर्माण गरिएका संरचनाहरु हटाएर खाली गर्न बिर्तामोड नगरपालिकाले सूचना प्रकाशन गरेको छ । पुष १ गते सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चोकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न निर्देशन गरेको हो । नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याकसहित दायाँबायाँ […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो । विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित […]