Sajhamanch Archive

काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on काँग्रेस नेता सिटौला मतदाता शुभचिन्तकलाई धन्यवाद दिँदै.

कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा […]

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !.

झापा । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो । झापा क्षेत्र नं. १ मा राम कार्की, २ मा पवित्रा खरेल, ३ मा राजेन्द्र लिङ्देन, ४ मा एलपी साँवा […]

सुजतालाई पराजित गर्दै मोरङ–२ मा एमालेका पोखरेल निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुजतालाई पराजित गर्दै मोरङ–२ मा एमालेका पोखरेल निर्वाचित.

बिराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । नेकपा (एमाले)का नेता पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका कोइालाले ३१ हजार ९४० […]

देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव.

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि गरेका छन् । लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले उपमहाचिव गुरुङलाई प्रतिस्पर्धी माओवादी केन्द्रका गुरुङले बधाई दिँदै भने, ‘वाम एकताको पहल तपाईं […]

क्षेत्र नं. ४ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् : ‘५ वर्षमा नमूना क्षेत्र बनाउँछु’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on क्षेत्र नं. ४ का उम्मेदवारहरु कसले कति मत पाए ? विजयी साँवा भन्छन् : ‘५ वर्षमा नमूना क्षेत्र बनाउँछु’.

कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्यसमेत रहेका साँवाले निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि […]

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा : एमाले अध्यक्ष ओली.

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उनको टिप्पणी छ । आज झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित […]

प्रतिनिधि सभातर्फ झापा ३ मा लिङ्देन विजयी, झापा ५ बाट प्रदेश सभामा कार्की र थापाको फराकिलो जीत

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रतिनिधि सभातर्फ झापा ३ मा लिङ्देन विजयी, झापा ५ बाट प्रदेश सभामा कार्की र थापाको फराकिलो जीत.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि एमालेकै सहयोगमा काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई हराउँदै सांसद बनेका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट […]

एमाले अध्यक्ष ओली झापा आए, विजयी उत्सवमा सहभागी हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एमाले अध्यक्ष ओली झापा आए, विजयी उत्सवमा सहभागी हुने.

भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो ओली झापा आइपुगेका हुन् । उनलाई स्वागत गर्न झापाका नेताहरु विमानस्थल पुगेका थिए । झापा क्षेत्र नं. ५ को निर्वाचन […]

झापा क्षेत्र नं. ४ मा चार हजार बढीको फराकिलो मतान्तर बनाउँदै एमाले

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा चार हजार बढीको फराकिलो मतान्तर बनाउँदै एमाले.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेले कांग्रेस सँगको मतान्तर बढाउँदै लगेको छ । नेकपा एमालेका प्रनिनिधिसभाका उम्मेद्वार एलपी साँवा लिम्बुले गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ४२७१ मत अन्तरले पछि पार्दै अग्रता कायम राखेका छन् । क्षेत्र नं. ४ को ५४९३५ मत गणना गर्दा साँवाले २०५५२ मत प्राप्त गरेका छन् भने, थेवेले […]

झापा १ : सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा शर्मा र प्रदेशसभामा तामाङ र एमाले तालमेलबाट बजगाई विजयी

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापा १ : सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा शर्मा र प्रदेशसभामा तामाङ र एमाले तालमेलबाट बजगाई विजयी.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मतमात्र पाए । शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई जितेका […]