झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न दुई दिवसीय प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ प्रदेश र आयोजक टिम सहभागी प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो । आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा […]
काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। ‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने। यदि निजामती कर्मचारीले यस्ता […]
झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले […]
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए। उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर […]
इलाम । यु -२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका -४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र […]
इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएका हुन् । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् भने […]
काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारत झैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार राखे । काठमाडौंका मेयर बालेन शाहले त आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सै टाँसे । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली, रास्वपा […]
झापा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखाले स्वागत र सम्मान गर्दै शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने माग गरेको छ । आज साँझ अध्यक्ष मनकुमार गदालले प्रेस विज्ञप्ति प्रकाशन गरेर सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित कुनै पनि सदस्यमाथि अन्याय गरेमा प्रेस चौतारी झापाले त्यसको सशक्त प्रतिकार […]