Sajhamanch Archive

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध.

भरतपुर । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा […]

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरेका […]

धरानमा डेंगीका कारण दुईजनाको मृत्यु, ५०० बढी संक्रमित

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on धरानमा डेंगीका कारण दुईजनाको मृत्यु, ५०० बढी संक्रमित.

धरान। सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो । उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले […]

जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भोट नहाल्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भोट नहाल्ने.

विराटनगर। जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान […]

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् । नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म पुर्याउन सम्पर्क सांसद तोकिएको छ। आम आवाजलाई नीतिमा समेट्न, […]

ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङ पहिरो प्रभावितलाई इन्द्रेणीको सहयोग.

ताप्लेजुङ । कलाकार कृष्ण कडेंल नेतृत्वको इन्द्रेणी टोली सहयोग रकम समेत लिएर ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र सिदिङ्वा गाउँपालिका पुगेको छ। सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ३ आङ्खोपका पहिरो पीडित १३ घर परिवारलाई इन्द्रेणी टोली ४ लाख २० हजार रकम हस्तान्तरण गरेको कडेंलले जानकारी दिए। यो टोलीले मेहेलेका पहिरो प्रभावित बासिन्दाहरुसंग साक्षात्कार […]

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने.

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि […]

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा तनाव, १५० जना पक्राउ

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा तनाव, १५० जना पक्राउ.

काठमाडौं। फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ। गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो। गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी […]

आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आन्दोलनमा उत्रिए ढुवानीसम्वद्ध यातायात व्यवसायी.

काठमाडौँ । साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् । रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नेलगायतका माग राख्दै आन्दोलन गरिएको राष्ट्रवादी यातायात व्यवसायी महासंघका इन्चार्ज […]

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक.

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा […]