Sajhamanch Archive

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र.

विराटनगर । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे […]

मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण.

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ । नेपाल भूतपूर्व सैनिक प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष […]

गुरु कुट्नेको संरक्षण गर्नु गलत : केपी ओली

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on गुरु कुट्नेको संरक्षण गर्नु गलत : केपी ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता […]

सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् । मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह […]

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु.

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको […]

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा.

बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो । बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन […]

आज देशैभर मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद मनाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज देशैभर मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इद मनाइँदै.

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, […]

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन.

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने.

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले […]