काठमाडौं । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर […]
पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास […]
काठमाडौं । भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । लगत्तै उनलाई अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि जारी गरेको छ । र, अदालतले गान्धीलाई यो सजाय […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ मध्ये प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत पर्यो । उनलाई एमाले र राप्रपाले मत हालेनन्। नेमकिपा तटस्थ बस्यो । प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारमा जुटेसँगै सत्ता साझेदार दल कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूले दौडधूप बढाएका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूको दौडधूप बढेको हो। गत फागुन १२ गते नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका दाहालले आफ्नो पार्टीमा राष्ट्रपतिको […]
काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा […]
विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ । क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमति पछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताएका छन् । अनेरास्ववियुले प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर […]
काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार […]
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता […]
काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आफ्ना मन्त्रीहरुलाई राजीनामा गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले आज संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय […]