नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको […]
काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित भएको जनाइएको छ । प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले […]
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन्। टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा […]
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत […]
झापा । गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर टर्कीमा मात्रै कम्तीमा १७ हजार ६७४ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुआत ओक्तेलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । त्यस्तै सिरियामा कम्तीमा ३ […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । विश्वासको मत लिनका लागि बिहीबार दिउँसो […]
बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आज आइतबार रास्वपाको केन्द्रीय समिति र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने भएको छ । आज आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै […]