Sajhamanch Archive

रास्वपाद्वारा आजको संसद बहिष्कार, बैठकमा कोही गएनन्

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाद्वारा आजको संसद बहिष्कार, बैठकमा कोही गएनन्.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दैछ। सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन्। स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक […]

झापाको एक विद्यालय र तीन उद्योगविरुद्ध अदालतमा मुद्दा दायर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on झापाको एक विद्यालय र तीन उद्योगविरुद्ध अदालतमा मुद्दा दायर.

झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । मुद्धा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । केएमसी […]

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे.

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने विश्वास दिलाएका छन् । संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग सोमबार परिचयात्मक भेटघाट कार्यक्रममा सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् । सभामुख घिमिरेले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका […]

बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण.

झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । […]

रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on रवि लामिछानेको सांसद पद खारेज : ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन’.

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]

क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने सरकारको निर्णय

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने सरकारको निर्णय.

काठमाडौँ । कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ । बैठकले क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् […]

सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विचार/ब्लग by . Leave a Comment on सभामुख देवराज घिमिरेको संसदमा पहिलो सम्बोधन.

माननीय सदस्यहरु आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु । प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानूनी […]

सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित.

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान […]

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी.

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र […]