काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शुक्रबार न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ । भोलि शीर्ष नेताहरुलाई बुझाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का […]
नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्ग र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको भन्दै आफूहरूले ‘नजाने गाउँको बाटो’ सोधेर आफ्नो भूमिकामा अलमल नगर्ने बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन’ उनले […]
काठमाडौँ । सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो । त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने […]
काठमाडौं । सैनिक शासन चलिरहेको म्यानमारको एउटा दैनिक पत्रिकामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । म्यानमारको सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’ मा बुधबार म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भनेर शुभकामना सन्देश प्रकाशित भएको हो । म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने ‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल […]
काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै […]
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेल बाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले […]
काठमाडौ । हिजो शनिबार सातवटै प्रदेशका इकाई साधारणसभा अन्तरगत भएको राष्ट्रिय सहकारी बैंकको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । सातवटै एकाईबाट आएको मत परिणामलाई एकीकृत गर्दा यस्तो परिणाम आएको हो । निर्वाचन उप समितिले मतपरिणाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । शनिबार भएको निर्वाचनमा खुला ४ सञ्चालकमा केदार मानन्धर, मनोजकुमार थापा मगर, ध्रुबराज बिष्ट र […]
विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा आज पेश गरिएको छ । सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो । बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका हुन् । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले […]