Sajhamanch Archive

बैंकहरु नियमविपरीत बढाएको ब्याज फिर्ता गर्दै, कुन बैंकले कति फिर्ता गर्छ ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंकहरु नियमविपरीत बढाएको ब्याज फिर्ता गर्दै, कुन बैंकले कति फिर्ता गर्छ ?.

काठमाडौँ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको […]

एमाले अध्यक्ष ओली सत्तारुढ गठबन्धनको संयोजक चयन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली सत्तारुढ गठबन्धनको संयोजक चयन.

काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा अध्यक्ष ओली रहने निर्णय भएको जानकारी दिएका हुन् । ‘सत्ता साझेदार दलको संयोजकमा […]

‘कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो’ : शेखर कोइराला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो’ : शेखर कोइराला.

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । आज बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आशक्ति पनि […]

सत्ता गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक ! पार्टी एकताको तहसम्म छलफल हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सत्ता गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक ! पार्टी एकताको तहसम्म छलफल हुँदै.

सांकेतिक तस्वीर काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयासस्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् । नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।दाहालले कांग्रेससँगको गठबन्धन […]

मुख्यमन्त्रीमा को–कसको सम्भावना, यस्तो छ सत्तारुढ गठबन्धनको अवस्था

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यमन्त्रीमा को–कसको सम्भावना, यस्तो छ सत्तारुढ गठबन्धनको अवस्था.

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । माओवादीको प्रदेश […]

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता बन्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता बन्दै.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । डा. पोखरेलले यसअघि […]

प्रचण्ड मन्त्रिमण्डल ८ सदस्यीय, तीनजना उपप्रधानमन्त्री

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड मन्त्रिमण्डल ८ सदस्यीय, तीनजना उपप्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् […]

एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने, एमालेबाट ४ जना मन्त्री बन्दै, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने, एमालेबाट ४ जना मन्त्री बन्दै, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग मन्त्री बन्ने.

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो […]

नारायणकाजी उपप्रधानमन्त्री ! रास्वपा र जनमतका नेता मन्त्री बन्ने, राप्रपा सरकारमा नजाने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नारायणकाजी उपप्रधानमन्त्री ! रास्वपा र जनमतका नेता मन्त्री बन्ने, राप्रपा सरकारमा नजाने.

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट […]

बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति.

काठमाडौँ । नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान […]