नयाँदिल्ली। गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पूल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको सञ्चार माध्यमहरुमा खबर छ । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् […]
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आज काठमाडौंमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसको घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने बाचा गरिेएको छ । सो पार्टीले आफ्नो चुनावी घोषणापत्रमा सूचना प्रविधि, उद्योग, पर्यटन, […]
काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको […]
झापा । आज भाइटीकाको दिन नेपालका चारवटा प्रदेशमा अपरान्ह हल्का वर्षाको सम्भावना रहेको मोषमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा […]
काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले […]
काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको अहिले बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता […]
काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले […]
काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साह माथि पनि […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त तरलता पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । उक्त तरलता सुविधा प्रयोग गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहिबार आज ३ बजेसम्म अक्सनको लागि आवेदन पेश गर्नुपर्ने हुन्छ । न्यूनतम १० करोड […]
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको किष्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनको स्वास्थ्यमा सामान्य सुधार भएको मंगलबार जानकारी दिइएको हो। उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको हो। मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र […]