बर्दिया । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरी विरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जनाए । निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा २०७४ को दफा १३ को […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका लागि पार्टीमा फर्किने ढोका बन्द भएको छ । आसन्न चुनावको मनोनयन क्रममा उनले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए । आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी उनले अध्यक्ष केपी ओलीलाई जानकारी गराएका थिए । तर अन्तिम घडीमा उनले स्वतन्त्र हैसियतमा […]
काठमाडौं । विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् । संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू […]
काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका […]
गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘७ वर्षका २ बालकको शव काब्रोको रुखमा झुण्डिएको […]
काठमाडौँ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गर्दै काठमाडौं–८ मा प्रतिनिधि सभा चुनावका लागि आफ्नो विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले एमाले अध्यक्ष ओलीलाई फोन गर्दै आफू करिब ७० वर्ष भइसकेको र यसअघि नै अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प खोज्नु पर्ने बताएकी हुन् । अध्यक्ष ओलीले […]
काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत भेटिएका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । […]
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको मंसीर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले आज बिहान सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने । अस्पताल उपनिर्देशक डा। निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेको समानुपातिक सूचीको दोस्रो नम्बरमा सरिता भुसाललाई राखिएको छ भने तेस्रो नम्बरमा शोभा […]