Sajhamanch Archive

एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमाले–राप्रपा तालमेल भोलि ‘फाइनल’ हुने.

काठमाडौ । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार करिब तीन घण्टा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेलको खाका तयार पारेको […]

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !.

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो […]

साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई

Published: in मिडियाबाट साभार, विश्व समाचार, साहित्य by . Leave a Comment on साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई.

काठमाडौं । फ्रान्सेली लेखक एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको घोषणा पछि एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ’ उनले भनिन् । सन् १९४० मा जन्मिएकी एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् […]

दशैंको दोस्रो दिन दुखद घटनाः अमलेखगञ्ज दुर्घटनामा १५ यात्रुको मृत्यु, २० गम्भीर घाइते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशैंको दोस्रो दिन दुखद घटनाः अमलेखगञ्ज दुर्घटनामा १५ यात्रुको मृत्यु, २० गम्भीर घाइते.

बारा । यहाँस्थित अमलेखगन्जको ३ नम्बर पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । बसमा सवार २० जनाभन्दा बढी गम्भीर घाइते छन् । मकवानपुरका ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ महिला छन् । नारायणगढबाट पथलैयातर्फ […]

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने.

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ । यसका […]

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ.

काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब […]

नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित)

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसले प्रतिनिधिसभामा को कसलाई समानुपातिक उम्मेदवार बनायो ? झापाबाट को को परे ? (सिङ्गो सूचीसहित).

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरिता प्रसाईं छिन । यसैगरी पुरुषतर्फ पहिलो […]

लरीकट्टमा धामी बस्न हिँडेका मोरङका ३२ वर्षे यादव सडक मृत भेटिए

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on लरीकट्टमा धामी बस्न हिँडेका मोरङका ३२ वर्षे यादव सडक मृत भेटिए.

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् । बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो । […]

नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै.

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]

कांग्रेसभित्रको अन्तरविरोध छताछुल्ल !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसभित्रको अन्तरविरोध छताछुल्ल !.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो […]