Sajhamanch Archive

चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने

Published: in मिडियाबाट साभार by . Leave a Comment on चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने.

काठमाडौं । चीनको विकास अवधारणा भनिएको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई० अन्तर्गत नेपालमा दुईवटा परियोजना लागू हुने भएका छन् । अमेरिकाको न्यूयोर्कमा मंगलबार बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस अन्तर्गतका परियोजना र ती कार्यान्वयन हुने देशहरूको सूची सार्वजनिक गरिएको छ । चीनको विदेश मन्त्रालयका अनुसार नेपालमा लागू हुने परियोजनाहरूमा नेपाल स्माइल […]

नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै.

काठमाण्डौ । नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टिबीच प्रमाणीकरणका लागि संसद्ले दोस्रो पटक पारित गरेर पठाएको विधेयक आज मङ्गलवार राति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्छ । यदि राति १२ बजेसम्ममा पनि विधेयक प्रमाणीकरण नभएमा विधेयक कार्यान्वयनमा जाने छैन । राष्ट्रपति भण्डारीले गरिरहनुभएको राजनीतिक परामर्शलाई लिएर प्रमाणीकरण […]

धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ.

काठमाडौं । धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ । उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी […]

डेंगुको बढ्दो प्रकोप: ७ जना बालबालिकासहित २० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on डेंगुको बढ्दो प्रकोप: ७ जना बालबालिकासहित २० जनाको मृत्यु.

काठमाडौं । देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना […]

७५ वर्षमा सात संविधान: संविधान निर्माणका तीन वटै प्रक्रियाको अभ्यास

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on ७५ वर्षमा सात संविधान: संविधान निर्माणका तीन वटै प्रक्रियाको अभ्यास.

काठमाडौँ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार ७ वर्ष पूरा भएको छ । ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरेको थियो । सोही संविधानलाई ३ असोज २०७२ मा तत्कालीन […]

एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची.

काठमाडौं । नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो । नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको […]

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै.

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिक तर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको र अब टुंग्याइने बताए । संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा […]

जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन.

काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको जिकिरसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका छन् । राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु […]

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य.

काठमाडौ । प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति […]

भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on भारतमाथि ऐतिहासिक जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश.

काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । […]