Sajhamanch Archive

साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै

Published: (Updated: ) in खेलकुद, परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, by . Leave a Comment on साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलः नेपाल–श्रीलंका भिड्दै.

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो […]

हिन्दू धर्मका नाममा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिजनक टिप्पणी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हिन्दू धर्मका नाममा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिजनक टिप्पणी.

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएर आपत्तिजनक मन्तब्य दिएका हुन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न–मार्न तयार नभएको […]

मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा.

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो । निर्वाचन […]

त्रिविविमा अर्को लापरवाहीः कृषि स्नातकको परीक्षामा पुरानै पाठ्यक्रमको प्रश्नपत्र

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविविमा अर्को लापरवाहीः कृषि स्नातकको परीक्षामा पुरानै पाठ्यक्रमको प्रश्नपत्र.

काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रप (नगदे बाली)को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि नै नयाँ पाठ्यक्रममा […]

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा.

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा दर्ता गरिने भएको छ। आयोगले आज प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसअघि आयोगले तयार गरेको आन्तरिक कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत कार्यक्रमअनुसार २३ असोजमा उम्मेदवारी दर्ता, २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी आह्वान २५ असोजमा उजुरी […]

सन्दीप लामिछाने क्रिकेट सङ्घबाट निलम्बित

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सन्दीप लामिछाने क्रिकेट सङ्घबाट निलम्बित.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने उपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछाने विरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको […]

अभिवादन र जय नेपाल शब्दको राजनीतीकरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अभिवादन र जय नेपाल शब्दको राजनीतीकरण.

काठमाडौं । राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्‍यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन । चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट […]

प्रदेशको नाम बेनाम भयो

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on प्रदेशको नाम बेनाम भयो.

विराटनगर । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक […]

केन्याबाट फर्कियो क्रिकेट टोली, सन्दीप फर्किएनन्

Published: in मिडियाबाट साभार by . Leave a Comment on केन्याबाट फर्कियो क्रिकेट टोली, सन्दीप फर्किएनन्.

काठमाडौ । केन्याविरुद्धको पाँच खेलको टी २० र तीन एक दिवसीय क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । बुधबार बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्। टोलीका अन्य सदस्य फर्किएपनि कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन्। लामिछाने यसअघि नै केन्याबाट क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट […]

नेपालको शानदार विजयी शुरुवात, भुटान चार गोलले पराजित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालको शानदार विजयी शुरुवात, भुटान चार गोलले पराजित.

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले भुटानलाई शानदार रुपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४–० गोलले विजयी भएको हो । नेपालका लागि सावित्रा भण्डारीले १२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । सावित्रा ६३ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । त्यस्तै अनिता बस्नेतले ७२ […]