काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको आज मंगलबार को बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीलाई […]
काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनका दुवै संसदबाट पारित विवादित नागरिकता विधेयक फिर्तासहित १५ बुँदे सन्देश पठाएकी छन् । आइतबार राष्ट्रपति भण्डारीले विधेयक पुनर्विचार गर्न भन्दै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी हुन् । विधेयक प्रतिनिधिसभाका सभामुखबाट पारित भइ साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गरिएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका […]
काठमाडौं । इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो । यात्रु सुनिश्चित नभएसम्म नियमित उडान राख्दा एयरलाइन्सले आम्दानी गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीले नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो । ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) […]
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार जनाएको छ। मन्त्रालयका अनुसार आज थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४ हजार ८२९ नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]
जनकपुरधाम । प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू आइतबारदेखि धर्नामा बसेका छन्। प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित मधेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय परिसर मै धर्नामा बसेका हुन्। संघ सरकार विरुद्ध एक सातासम्म धर्ना यथावत् रहने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले बताएका छन्। संघीय सरकारसँग […]
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ । आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका विचार र विकासका कामसँग अरु सरकारले प्रतिस्पर्धा गर्न आग्रह गरेका गरेका छन् । आज (आइतबार) बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा ओलीले अरु सरकारले विकासका राम्रा काम गर्ने प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन् । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन […]
काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको […]