Sajhamanch Archive

एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने.

काठमाडौ । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिए क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ । एमालेको यो निर्णयसँगै […]

निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै.

काठमाडौँ । निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले […]

ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एकजना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार […]

जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति निर्वाचित

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार by . Leave a Comment on जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति निर्वाचित.

नयाँ दिल्ली । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाले पाएको १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् । १६औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । १५ […]

आसन्न निर्वाचनका लागि आज साउन २२ देखि दल दर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आसन्न निर्वाचनका लागि आज साउन २२ देखि दल दर्ता.

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताएका छन् । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि […]

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु.

काठमाडौं । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको […]

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण.

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा […]

करेन्ट लागेर सप्तरीमा तीनजनाको मृत्यु

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर सप्तरीमा तीनजनाको मृत्यु.

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका र राजगढ गाउँपालिकामा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरू ससुरा–बुहारी हुन्। राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार […]

कार्यतालिका छोट्याएर भए पनि ४ मंसिरमा निर्वाचन गर्न सकिन्छ : दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कार्यतालिका छोट्याएर भए पनि ४ मंसिरमा निर्वाचन गर्न सकिन्छ : दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त.

आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी १२० दिनअघि नै घोषणा गर्न आग्रह गरे पनि सरकार बल्ल तयारीमा छ, अब घोषणा हुँदा समय पुग्छ ? आयोगले २ मंसिरमा निर्वाचनका लागि परामर्श गरेको थियो । प्रधानमन्त्रीले ४ मंसिर उपयुक्त हुन्छ भनेपछि तदनुसार हामीले आवश्यक प्रस्ताव पठाएका थियौँ । प्रधानमन्त्री र आयोगबीच पटकपटक अनौपचारिक परामर्श पनि भएको छ । उहाँहरूले ‘निर्वाचनको […]

साइकल खरिद प्रकरण: तत्कालीन प्रदेश सचिव भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on साइकल खरिद प्रकरण: तत्कालीन प्रदेश सचिव भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुमाथि विगो कैद र जरिवानाको माग दाबी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । विशेष अदालतमा अहिले […]