काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा आज दिउँसो सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि दिउँसो १ बजेका लागि परीक्षा बोर्डको बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । […]
काठमाडौं । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए । सो प्रकरणको […]
हेटौंडा । नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम […]
काठमाडौं । बहुप्रतीक्षित नागरिकता विधेयक पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिएको हो । पारितका लागि गृहमन्त्री बालकृष्ण खाँणले राखेको प्रस्ताव संसदको बहुमतबाट पारित भएको हो । विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ । विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार […]
काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति आज शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाई गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन आज बिहान सञ्चालक […]
काठमाडौँ । विश्वभरका राहदानी (पासपोर्ट) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । बेलायतमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा […]
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ । नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको जानकारी दिए । त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्न वडा अध्यक्षलाई भनिएको उनले जानकारी दिए […]
जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताएका छन् । जनकपुरधाममा आज सोमबार आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नहुने बताए । ‘माओवादीमा प्रवेश गरे पनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा […]
विराटनगर । २०७८ साल फागुन १० गतेदेखि औपचारिक छलफल सुरु भएको प्रदेश १ को नामकरणको विषय यही संसद्ले टुङ्गो लगाउन सकस देखिएको छ । नामकरणकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो । त्यसपछि दलहरूमा ‘सन्नाटा’ छाएको छ । प्रदेशको नामकरणको विषयमा एमाले र काँग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना कुरा […]
काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८।५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । २९ बल खेलेका उनले १० […]