विराटनगर । विराटनगरमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि प्रदेश १ सरकार मातहत रहेको कोसी कोभिड अस्पताल पनि सुचारु गरिएको छ । कोसी कोभिड अस्पताल गत चैत १५ यता कोरोना संक्रमित नभएपछि बन्द भएको थियो । कोसी अस्पताल विराटनगरका फिजिशियन डाक्टर डेनप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना गर्नुपर्ने विरामी आउन थालेपछि बिहीबारबाट कोसी […]
विर्तामोड । झापामा आफूमाथि भएको बलात्कारको बयान दिन प्रहरी कार्यालय पुगेकी बालिकामाथि महिला प्रहरीले नै दुर्व्यवहार गरेको पाइएको छ। अर्जुनधारा नगरपालिका–७ की १५ वर्षीया बालिकालाई इलाका प्रहरी कार्यालय अनारमनीकी प्रहरी हवल्दार पूजा प्रसाईंले दुर्व्यवहार गरेकी हुन्। ती बालिका आफूमाथि भएको बलात्कारको जाहेरी दिन बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन्। पाँच महिनायता छिमेकी ५० वर्षीय […]
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् । अस्पताल पुर्याइएका मध्ये १६ […]
सोलुखुम्बु । सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन […]
काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। […]
बिर्तामोड । भद्रपुर बजारमा शृंखलाबद्ध चोरीका घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ५ देवी बस्ती बस्ने रामप्रसाद सहनीको छोरा १९ वर्षीय वरुण सहनी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । फरार रहेका सहनीलाई बुधवार बेलुका ८ बजे सिराहा जिल्ला मिर्चैया नगरपालिका १ मल्हनिया स्थित आफन्तको घरबाट […]
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् […]
झापा । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन कर्मचारी सङ्गठनहरूले माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र आधिकारिक ट्रेड युनियनले निजामती सेवा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । […]
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । गएको साउनदेखि जेठसम्म ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको […]
काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण, र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट मा पारित भएको छ। सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको सदनमा सर्वसम्मतिले पारित गरेको हो।उक्त विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन […]