Sajhamanch Archive

धनकुटामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धनकुटामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु.

झापा । धनकुटाको चौबिसे गाउँपालिका १ सानो मोक्तरामा लडेर एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय पूणर्कुमार मगर रहेको प्रहरीले जनाएको छ । मगरको आईतबार दिउँसो बारीमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको दाहालले बताए । […]

राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी.

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताइएको छ । सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश […]

८४ करोडको हतियार किन्दै सरकार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ८४ करोडको हतियार किन्दै सरकार.

काठमाडौँ । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो । प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले भन्यो, ‘१ अर्ब […]

झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान.

बिर्तामोड । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो । कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद […]

बुढीगंगाको मेयर र उपमेयरसहित ७ वडामा एमाले विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बुढीगंगाको मेयर र उपमेयरसहित ७ वडामा एमाले विजयी.

झापा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार ७ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती […]

मेची क्याम्पसको गेटमा कार ठोक्किँदा दुर्घटना, चालक गम्भीर घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मेची क्याम्पसको गेटमा कार ठोक्किँदा दुर्घटना, चालक गम्भीर घाइते.

झापा । भद्रपुरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ । दुर्घटनामा परी कार चालक भद्रपुर नगरपालिका–९ निवासी ४५ वर्षीय किरण र्मुर्मु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राती १० बजे भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको गेटमा ठोक्किँदा डब्लुबी ७४ आर ६५६९ नम्बरको कार दुर्घटना भएको थियो । कारमा र्मुर्मु […]

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिए.

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै […]

भोलिदेखि बजेट भुक्तानी नहुने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भोलिदेखि बजेट भुक्तानी नहुने.

 काठमाण्डाै । भोलिदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा […]

झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु 

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु .

झापा । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् ।हात्ती नेपाली आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय […]

जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता.

झापा । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार […]