काठमाडौं । माइक्रोसफ्टले हालै आफ्नो २७ वर्ष पूरानो वेब ब्राउजर इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द गर्यो । यो घटना दक्षिण कोरियाली सफ्टवेयर इन्जिनियर जोंग कि योंगका लागि पनि अविश्मरणीय रह्यो । किनकी माइक्रोसफ्टको यो निर्णय इन्टरनेट एक्सप्लोरर सँगको २७ वर्ष लामो उनको तितो मिठो सम्बन्धको अन्त्य थियो । इन्टरनेट एक्सप्लोररको मृत्युको स्मरण गर्नका लागि उनले […]
सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको […]
काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको […]
काठमाडौं । साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै […]
झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु ८ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु ७ अर्ब ४१ करोड ८९ लाख ३ हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ […]
झापा । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर […]
झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालको ६९ प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइएको छ भने ७७ प्रतिशतले कम्तिमा एउटा खोप लगाएका छन् । खोप लगाएपछि सम्बन्धित स्वास्थ्य संस्था वा खोप केन्द्रले खोपको विवरण भएको कार्ड उपलब्ध गराउँछन्। तर खोप केन्द्रबाट प्राप्त उक्त कार्डले खोप लगाएको प्रमाणको रूपमा काम गर्दैन, विशेष गरी विदेश […]
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा देखाएको खुलासा भएको छ । अन्य कुनै क्लबले अनुकूल प्रस्ताव राखेमा पोर्चुगाली स्टार इंग्लिस प्रिमियर लिग क्लब छाड्न चाहन्छन् । गत सिजन मात्रै ३७ वर्षीय फरवार्ड युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड फर्केका थिए । त्यस सिजन उनी क्लबका लागि सर्वाधिक गोलकर्ता पनि रहेका थिए । यस्तै उनी लिगमै सर्वाधिक गोलकर्ता सूचीको तेस्रो स्थानमा […]
झापा । न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन वर्षोंदेखि सर्वोच्चमा अलपत्र परेको छ । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने गरेको छ । तर, सो प्रतिवेदन सर्वोच्च प्रशासनले दराजमा थन्काएर राख्दै आएको छ । समितिहरूले दिएको सुझाव कार्यान्वयन हुन नसक्दा अहिले पनि न्यायालय […]