खाँदबारी । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका […]
नयाँ दिल्ली । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा आज बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । हालै सरकारले ल्याएको […]
दमक । फोहोरबाट ऊर्जा (ग्यास)को परीक्षण उत्पादन दमकमा सुरु भएको छ । पहिलोपटक उत्पादित ग्यासको सफल परीक्षण समेत गरिएको छ। दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक […]
झापा । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता […]
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको दाबी गरेका छन । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउ । उनले भने, […]
चितवन । पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरो हटाएर आज शनिवार बिहान साढे २ बजेदेखि राजमार्ग दुईतर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सङ्घीय राजधानी […]
झापा । फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ। नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न्गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को […]
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल […]
बिर्तामोड । झापा गोल्डकपले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । बिहीबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी झापा गोल्ड कपले पुरस्कृत तथा सम्मान गरेको हो । क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ […]
काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्प पत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार […]