काठमाडौं । फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ […]
काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको जिकिर गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन […]
काठमाण्डौ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाण्डौ उपत्यका ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाण्डौ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाण्डौको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीवारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न […]
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरू अवरुद्ध भएका छन् । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम […]
चितवन । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले लगेको थियो। उनलाई खोज्ने क्रममा मध्यान्न १२ बजे बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यतिबेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यसपटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै देशमो टुंगो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा […]
काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा नागरिकता पाउँछ, […]
काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउने व्यवस्था बन्द भएको हो […]
दाङ । महिला र बालिकालाई कुटपिट गरेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी बिमलालाई थप अनुसन्धानका लागि भन्दै घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। जिल्ला प्रहरी प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेसहितको प्रहरी टोली पुगेर राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। एसपी […]
काठमाडौं । रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको […]