Sajhamanch Archive

महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on महिला र बालिका कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ.

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर मन्त्री […]

साल्ट ट्रेडिङ भन्छः डीएपी आइसक्यो , युरिया मल असारको पहिलो सातादेखि

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on साल्ट ट्रेडिङ भन्छः डीएपी आइसक्यो , युरिया मल असारको पहिलो सातादेखि.

झापा । साल्ट ट्रेडिङ कर्पोरेसनले १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिएको दाबी गरेको छ । यस्तै २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि आउने कर्पोरेसनले जनाएको छ । कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। बाँकी तीन […]

दिदीको घरमा आएका भाइको परिवारै मिलेर घाटी रेटी हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दिदीको घरमा आएका भाइको परिवारै मिलेर घाटी रेटी हत्या.

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया वसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । शनिबार बिहान जगरनाथपुर […]

विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन.

विराटनगर । विराटनगर– ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् । उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था […]

नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान.

झापा । नेपाली बजारमा मल नपाए पछि झापाको सीमावर्ती नाकाबाट किसानले भारतबाट लुकाइ छिपाइ अवैध रूपमा महँगो मुल्य तिरेर मल किन्नु पर्ने बाध्यता छ । हरेक वर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरूमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती […]

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

Published: in मिडियाबाट साभार by . Leave a Comment on न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै.

झापा । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ […]

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता.

झापा । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा […]

दक्षिण अफगानिस्तानमा विस्फोट, ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on दक्षिण अफगानिस्तानमा विस्फोट, ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु.

काठमाडौं । दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले बिहीबार बिहान एउटा गाडीमा प्रहार गरेको थियो । यसैबीच स्थानीय सञ्चारमाध्यम टोलोन्युजले […]

तनहुँमा सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on तनहुँमा सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध.

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरको ड्याम नजिकै सडक भासिँदा गाडी चल्न सकेका छैनन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि गाडीलाई फर्काउन थालिएको उनले […]

पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन.

झापा । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण […]