Sajhamanch Archive

ग्यास प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो, ७ जनाको उपचार हुँदै

Published: in मिडियाबाट साभार by . Leave a Comment on ग्यास प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो, ७ जनाको उपचार हुँदै.

ललितपुर । सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेको बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको […]

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

Published: in मिडियाबाट साभार by . Leave a Comment on अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन.

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न […]

झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित.

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा चितुवा आतंकले स्थानीय आजित बनेका छन् । ३ नम्बर वडा साविक बुधबारे गाविस ८ नम्बरमा पर्छ । स्थानीय आर्दश वन छेउमा गएराति चितुवाले स्थानीयको बाख्रा मारेको छ । खोरभित्र बाँधिएको बाख्रालाई आक्रमण गरि मारेको हो । चितुवाको आक्रमणबाट केही अन्य चौपाय पनि घाइते छन् । स्थानीय भोजराज बाँस्तोलाले […]

गोली लागेर घाइते सैनिक राजवंशीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गोली लागेर घाइते सैनिक राजवंशीको मृत्यु.

झापा । कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापा गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशी चौधरीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए । राजवंशी गोली लागेको अवस्थामा […]

विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते.

सिन्धुली । बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि कारबाही र क्षतिपूर्तिको माग गर्दै विपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपल भन्ज्याङमा बुधबार स्थानीयले सडक अवरुद्ध गरेका हुन्। सो अवरोध खुलाउने क्रममा झडप हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाका अनुसार, […]

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने.

काठमाडौँ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन्। सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेको हो। यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनेछन्। अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरुले आगामी अप्रिल २२ देखि २४ सम्म […]

बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी.

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ। आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ। गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन। जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका […]

गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु.

झापा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले […]

पोखरामा मेयर ‘एस’लाई, कांग्रेस पार्टी कार्यालय तालाबन्दी, नेतृत्वलाई कडा चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पोखरामा मेयर ‘एस’लाई, कांग्रेस पार्टी कार्यालय तालाबन्दी, नेतृत्वलाई कडा चेतावनी.

काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्। सचिवद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै […]

गभर्नर अधिकारी आजदेखि काममा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on गभर्नर अधिकारी आजदेखि काममा.

काठमाण्डौ । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कीएका छन् । सर्वोच्चले हिजो गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उन्ले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले निर्णय तत्काल […]