Sajhamanch Archive

सयौं युवासँग एकसाथ अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सयौं युवासँग एकसाथ अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली.

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न क्षेत्रका युवाहरूसँगको अन्तरक्रिया सुरु गरेका छन् । गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजेदेखि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पेशागत क्षेत्रका युवासँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार […]

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते.

झापा । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ लागेर डिलबहादुर मोक्तानकी कान्छी छोरी १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको जानकारी दिए। पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मोक्तानको […]

सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण भयो : गभर्नर अधिकारी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण भयो : गभर्नर अधिकारी.

‘बुधबारबाटै काममा फर्किन्छु’ : गभर्नर अधिकारी  काठमाडौँ । सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले मंगलबार अर्को आदेश जारी नभएसम्मका लागि गभर्नर अधिकारीलाई काममा फर्किने बाटो खोलिदिएको हो । ‘सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको छ’ कान्तिपुरसित कुराकानी गर्दै अधिकारीले […]

ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

Published: in मिडियाबाट साभार by . Leave a Comment on ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’.

ललितपुर । ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ । इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य […]

तमोर नदीले बगाई मृत फेला

Published: in मिडियाबाट साभार by . Leave a Comment on तमोर नदीले बगाई मृत फेला.

झापा । पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन् । बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित […]

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा […]

जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र झापा आउँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र झापा आउँदै.

विर्तामोड । अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालका अनुसार वैशाख ७ गते उनी झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ८ गते चारपानेमा […]

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on आजदेखि देशभर कृषि गणना सुरु हुँदै.

काठमाडौ । देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा […]

कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, अर्को अझै बेपत्ता

Published: in मिडियाबाट साभार by . Leave a Comment on कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, अर्को अझै बेपत्ता.

धनगढी । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्। पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ। सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ। उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।

असारसम्मका लागि सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on असारसम्मका लागि सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती.

काठमाण्डौ । सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती भएको छ । अर्थ मन्त्रालयले आज सोमवार सूचना निकालेर गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी सुविधाकोे इन्धनमा २० प्रतिशत कटौती गरेको जानकारी गराएको हो । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चितिमा चाप परेकोले आउँदो असारसम्मका लागि इन्धन सुविधा […]