Sajhamanch Archive

श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण.

धनगढी । कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी हुन्। उनले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमानको हत्या गरेर थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी छिन्। घटनास्थलमा इलाका […]

टी–२० विश्वकप २०२४ः अमेरिका पहिलोपटक विश्वकपमा, नेपालको सम्भावना कति ?

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० विश्वकप २०२४ः अमेरिका पहिलोपटक विश्वकपमा, नेपालको सम्भावना कति ?.

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आइसिसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी–२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो। आइसिसीले यो विश्वकपका लागि छनोटको ढाँचा आइतबार सार्वजनिक गरेको छ। आइसिसीको बोर्ड बैठकको निर्णयअनुसार १२ टिम विश्वकपमा सिधा […]

भद्रपुरमा बाल शिक्षकको आन्दोलनमा सहयोग गर्ने सम्मानित

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on भद्रपुरमा बाल शिक्षकको आन्दोलनमा सहयोग गर्ने सम्मानित.

झापा । नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ । बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो । बाल शिक्षकका लागि […]

चार वटा हिमाल सफा गर्दै नेपाली सेना

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on चार वटा हिमाल सफा गर्दै नेपाली सेना.

झापा । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उनका अनुसार सफाइ अभियानअन्तर्गत चारवटा हिमाल सफाइमा सेनाका चार सेनानीको […]

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

Published: in मिडियाबाट साभार by . Leave a Comment on २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी.

काठमाडौँ । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि […]

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

विर्तामोड । झापामा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–२ निवासी २९ वर्षीय सम्यम बजगाईँ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड–२ स्थित राम चोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा […]

हाम्रो प्रचन्नलाई अब ‘रेणुको बाउ’ भन्न थालेछन् !

Published: in मिडियाबाट साभार, विचार/ब्लग, साहित्य, by . Leave a Comment on हाम्रो प्रचन्नलाई अब ‘रेणुको बाउ’ भन्न थालेछन् !.

दिमाख चक्राएर आम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौं । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुलाजस्तो भा’थ्यो ।तर, दुःखको कुरो सुमसुम्याउँदा सुमसुम्याउँदै जिङग्रिएर आयो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माओवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुँदै खुम्चिएर इत्रु […]

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीको गलत निर्णय : नेकपा एमाले (पूर्णपाठ)

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीको गलत निर्णय : नेकपा एमाले (पूर्णपाठ).

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिए‍को आरोप लगाएको छ । नेकपा एमालेले आज आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको हो । ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक […]

ट्रक दुर्घटनामा चालकको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on ट्रक दुर्घटनामा चालकको मृत्यु.

झापा। पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना.२ ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका–१ का २७ बर्षीय प्रेमकुमार गौलीको घटना स्थलमा नै मृत्यु […]

अर्थमन्त्री भाग्ने दिन नआओस्ः पूर्वअर्थमन्त्री पाण्डे

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अर्थमन्त्री भाग्ने दिन नआओस्ः पूर्वअर्थमन्त्री पाण्डे.

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने बताए । विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले […]