खोटाङ । रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो । कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् । खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईको वानखडे मैदानमा […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाा म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ […]
काठमाण्डौ । पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ […]
झापा । युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो। वैदेशिक रोजगार […]
झापा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको […]
काठमाडौं । सरकारले रामनवमीको अवसरमा चैत २७ गते आइतबार एक दिन सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको मनित्रपरिषद्को निर्णय पछि गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा भोलि आइतबार देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ । पूर्ववर्ती सरकारहरुले पर्व विदालाई आफू खुशी कटौती गरेकाले एकमुष्ट जानकारी नहुँदा […]
काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक […]
तनहुँ । व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो […]
काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गरेको हो । झन्डै दुई घण्टाको भनाभनपछि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला […]