Sajhamanch Archive

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग.

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । […]

तीन तहमा मतदानस्थल वर्गीकरण

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on तीन तहमा मतदानस्थल वर्गीकरण.

झापा । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा […]

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति.

झापा । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि […]

राजदूतमा क–कसको नाम सिफरिस भयो ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजदूतमा क–कसको नाम सिफरिस भयो ?.

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिक व्यक्ति गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा सिफारिसमा परेका छन् । त्यस्तै […]

आगामी बजेट करिब साढे १७ खर्बको

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on आगामी बजेट करिब साढे १७ खर्बको.

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब साढे १७ खर्ब बजेट सिलिङ दिएको छ। संविधानतः हरेक आर्थिक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ। जसले गर्दा हाल बजेट तयारीमा सरोकारावाला निकायहरू लागेका छन्। सोहि क्रममा आयोगले आगामी आर्थिक वर्षको १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको हो। […]

प्रधानमन्त्रीले गरे टाइफाइड खोप अभियानको शुभारम्भ, भोलिदेखि देशैभर लगाइने

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीले गरे टाइफाइड खोप अभियानको शुभारम्भ, भोलिदेखि देशैभर लगाइने.

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण […]

निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाइयो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाइयो.

काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । आयोगले हिजो जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हिजोदेखि नै हटाइएको हो । उनीहरूको ठाउँमा […]

भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने.

काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज अथवा भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्ने’ निर्वाचन आयोग उच्च स्रोतले जानकारी दिएको छ । ‘निर्वाचन सुरु हुन करिबकरिब एक […]

ब्यान्डसहित झिलझिलेको वाटर किंगडम पार्कमा प्रमोदको प्रस्तुतिः कार्यक्रममा ब्यान्डको नाम घोषणा गरिने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on ब्यान्डसहित झिलझिलेको वाटर किंगडम पार्कमा प्रमोदको प्रस्तुतिः कार्यक्रममा ब्यान्डको नाम घोषणा गरिने.

विर्तामोड । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् । “झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति […]

नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्थामा छैनः उपाध्यक्ष ढकाल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्थामा छैनः उपाध्यक्ष ढकाल.

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटोमा भने नपुग्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना […]