काठमाण्डौ । भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई […]
काठमाण्डौ । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर […]
काठमाण्डौ । नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावको मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नौ सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको […]
झापा । बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही […]
झापा । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज देखि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना […]
वीरगन्ज । पर्सामा विभिन्न पार्टीबाट विजय भएका तीनवटा स्थानीय तहका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा यहाँको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका उपप्रमुख एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अबिर तथा माला लगाएर स्वागत गरेका छन् […]
काठमाडौं । सरकारले एसिड सम्बन्धी सहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार पाँचवटा अध्यादेश जारी गरेकी हुन् । यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक […]
काठमाण्डौ । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गरेका हुन। अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको […]
काठमाडौं । निर्वाचन आचारसंहिता कार्यान्वयन बारे छलफल गर्न आयोगले कार्यकक्षमा बोलाएको बैठकमा आज नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्। आयोगले आज आचारसंहिताबारे छलफल गर्न ७९ दललाई बोलाएको थियो। आचारसंहिताबारे छलफल नगरी हस्ताक्षर गर्न आयोगले दबाब दिएको नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले […]