Sajhamanch Archive

शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन प्रधानमन्त्री दाहाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शीर्ष नेताको छलफललाई आशंका गर्नु पर्दैन प्रधानमन्त्री दाहाल.

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी […]

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो: मुख्यमन्त्री कार्की.

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताएका छन्। नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतराद्वा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए। सरकारको गठन भएको ५२ […]

पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति.

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज […]

सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन.

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ। तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो […]

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनको प्रदर्शन.

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो । अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र […]

टोपबहादुर रायमाझी निलम्बित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on टोपबहादुर रायमाझी निलम्बित.

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी […]

अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु.

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो । पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल […]

सावित्राको चौथो ह्याट्रिक, गोकुलम केरला क्वाटरफाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सावित्राको चौथो ह्याट्रिक, गोकुलम केरला क्वाटरफाइनलमा.

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् । साविधाको चार गोल मद्तमा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो । अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले दुवै हाफमा समान दुई गोल गरिन् । उनले खेलको पहिलो हाफमा सातौं र १२औं […]

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर

Published: (Updated: ) in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर.

काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। सोही मुद्धामा दोसी ठहर गर्दै पीडितलाई क्षतिपूर्तिमा ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ। यौन दुव्र्यवहारमा विवादित रहेका ट्रम्प पहिलो […]

झापामा प्रहरीको गोली लागेर २ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा प्रहरीको गोली लागेर २ जना घाइते.

झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरी […]