लक्ष्मीपुर । नेकपा एमाले कनकाई नगर पनि कमिटीले चुनाव प्रचार प्रसारलाई तिब्रता दिएको छ । यसैक्रममा आज कनकाई नगरपालिका वार्ड नम्बर ८ लक्ष्मीपुर चोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले केपी शर्मा ओली सपना देख्ने मान्छे हो देश बनाउने मान्छे हो , परिवार बनाउने, […]
कनकाई । कनकाई–३ को वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार युवराज चम्लागाईं भविष्य बोकेका एक सशक्त नेता हुन् । २०२७ साल फागुन ९ गते तत्कालीन सुरुङ्गा–६ चप्रामारीमा जन्मेका चम्लागाई विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा आबद्ध थिए । आई. ए. सम्मको अध्ययन पुरा गरेका चम्लागाईले २०४२ सालको स्थानीय चुनावमा आफ्नो वार्डबाट उठेका जनपक्षीय उम्मेदवारलाई सहयोग गरेर नजानिँदो […]
कनकाई । पञ्चायती कालरात्रीका विरुद्ध नूतन र नवीन सपना हृदयभरि बोकेर बन्दूकको मोहरीका अगाडि उभिनसक्ने हिम्मत झापाका क्रान्तिकारीहरूले गरेका थिए । २०२८ सालको किसान आन्दोलन वर्गसंघर्षको उच्चतम रूप थियो । सो संघर्षको मुख्य पहलकर्ता र परिकल्पनाकार सहिद रामनाथ दाहाल थिए । उनै सहिद रामनाथकी छोरी मञ्जु दाहाल (प्रसाईं) पिताको पथ पछ्याउँदै राजनीतिक र सामाजिक काममा […]
दमक । निर्वाचन अधिक्रितको कार्यालयले उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरे संगै दमकमा गठबन्धनमा आबद्ध दलहरुले निर्वाचन प्रचारको कार्यलाई तिब्र रुपमा अघि बढाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि र जनता समाजवादी पार्टि सहितको गठबन्धनका उम्मेद्वारहरु मतदाताको घर घरमै मत माग्न पुग्न थालेका छन् । आगामी बैशाख ३० गते हुने निर्वाचनको परिणाम […]
विर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजार निवासी मदन बुढाथोकी सामाजिक काम गर्न भनेपछि हुरुक्कै हुन्छन् । सानै उमेरदेखि समाजसेवामा रुचि भएका तिनै मदन वडा अध्यक्षको उम्मेद्वार बनेका छन् । उनी बिर्तामोड नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका हुन् । सहयोगि मन भएका बैदेशिक यात्रा तय […]
मेचीनगर । एमालेको घरदैलो कार्यक्रममा गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकै बेला गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका हुन् । गाँउ गाँउ पुगेका उम्मेद्वारहरुलाई के युवायुवती, के वृद्ववृद्वा सबै जनता सयपनि एमाले मै पनि […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान तिव्र छ । एमालेले नगरका सबै वडाहरुमा पुगेर कोण सभाको आयोजना गर्दै विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वले गरेका काम र भावी योजना तथा प्रतिवद्वताहरुका बारेमा जानकारी गराउँदै आएको हो । नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेद्वार नगेन्द्र प्रसाद संग्रौला सहित टोल टोलमा पुगेका […]
कनकाई नगरपालिकाको सफल नेतृत्व सम्हालिसकेका मेयरका प्रत्यासी राजेन्द्र पोखरेलसँग यो पाँच वर्षे नगर विकास योजनामा केन्द्रित रहेर पत्रकार राम निरौलाले गरेको कुराकानीको सम्पादित अंशः कनकाई नगरपालिकाले यो पाँच वर्षको अवधिमा के कति ऐन कानुनको निर्माण गर्यो होला ? प्रारम्भिक चरणमा नगरमा नियम कानुन सामान्य अवस्थामा रहेको भएपनि कनकाई नगरपालिकाको कार्य सम्पादन चुस्त दुरुस्त बनाउन हालसम्म […]
कनकाई । नेकपा एमाले कनकाई–६ वडा कमिटीको आयोजनामा नगर प्रमुख र उपप्रमुखसहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य तुलाराम बस्नेतको संयोजकत्वमा गठित २ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समितिको पहलमा आइतबार सो घरदैलो कार्यक्रम भएको हो । सो टोलीले चम्पापुर, बत्तीसबिघा, झारबारी, बिमली टोल लगायतका क्षेत्रमा मत माग्दै घरघरमा पुगेको थियो । […]
मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् । आइतबार काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा कोइरालाले यस्तो कुरा बताएका हुन् । २०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकामा पहिलो मेयरका रुपमा उनै कोइराला थिए । […]