शिवसताक्षी । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा कर्मचारी युनियनका पूर्व केन्द्रिय सदस्य समेत रहेका छत्रबाबु ओझा राष्ट्रिय प्रजातन्त्र पार्टीको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीतिक गरेका ओझा पछिल्लो समय शिवसताक्षीमा नेपाली कांग्रेसले एकऔटी गुठ चलाएको भन्दै राप्रपामा प्रवेश गरी वडाध्यक्ष पदमा उम्मेद्वारी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकालमा राप्रपा पार्टी मेयर, उपमेयरसहित ८ वडाको उम्मेद्वरको टुंगो लगाएको छ । शिवसताक्षी नगरपालिका मेयर पदमा मणी प्रसाद खड्काले उम्मेद्वारी दिने भएका छन् । त्यस्तै उपमेयर विष्णु कुमारी चम्लागाईं (रोजी) को नाम सिफारिस भएको राष्ट्रिय प्रजातन्त्र पार्टी शिवसताक्षीले जनाएको छ । त्यस्तै वडा नं. १ को वडाध्यक्षमा टिका राम घिमिरे, वडा नं. […]
‘बुधबारबाटै काममा फर्किन्छु’ : गभर्नर अधिकारी काठमाडौँ । सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले मंगलबार अर्को आदेश जारी नभएसम्मका लागि गभर्नर अधिकारीलाई काममा फर्किने बाटो खोलिदिएको हो । ‘सर्वोच्चको आदेशले केन्द्रीय बैंकको स्वायत्तता थप संरक्षण गरिदिएको छ’ कान्तिपुरसित कुराकानी गर्दै अधिकारीले […]
झापा । शाही नेपाली सेनाको गोली लागेर झापाका दुई युवाले शहादत प्राप्त गरेको दिन वैशाख ६ गतेको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइएको छ । २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी लोकतन्त्र र गणतन्त्र स्थापनाका […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ’राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार घोषणा गरेको छ । नगरका १० वटै वडाका सबै पद (प्रमुख–उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गर्ने गरी उम्मेदवार घोषणा गरेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट पनेरू र कार्की नै प्रमुख उपप्रमुखको उम्मेदवार थिए […]
चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्र लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाव दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरूले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । […]
इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा आज शनिबार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा […]
झापा । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि बराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । गठबन्धन दलका जिल्लास्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा तालमेल सजिलो नभएको बताएका छन् । उनले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नभएको बताए । पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दाबी […]
झापा । नेकपा एमालेलाई स्थानीय चुनावमा घुँडा टेकाउन कम्मर कसेर जुटेको पाँचदलीय गठबन्धनले कुनै पनि पालिकामा आजसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आज वैशाख २ गते दिउँसो उम्मेदवारहरु निर्धारण गर्न पाँचदलीय गठबन्धनको जिल्ला संयन्त्रको बैठक बसेको थियो । दिउँसो २ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको बैठक निश्कर्षमा पुग्न नसकेको जनाइएको छ । गठबन्धन […]