Sajhamanch Archive

प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाए: अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाए: अध्यक्ष दाहाल.

काठमाडौ, सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको आरोप लगाएका छन् । आज( शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् । दाहालले लेखेका छन्, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका […]

संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा.

काठमाडौ, केपी ओली सरकारको पालामा भएको संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार सुनुवाइ नसकिएपछि संवैधानिक इजलासले संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखेको हो । । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले रिट हेर्दा हेर्दैमा राखेको हो । गत वर्ष ३० मंसिरमा बसेको […]

अध्यादेशबाट संवैधानिक नियुक्ति भएका ५२ पदाधिकारीको मुद्दामा सुनुवाइ हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अध्यादेशबाट संवैधानिक नियुक्ति भएका ५२ पदाधिकारीको मुद्दामा सुनुवाइ हुँदै.

काठमाडौं– सर्वोच्च अदालतले बहुप्रतीक्षित एउटा मुद्दाको सुनुवाइ अघि बढाउने तयारी गरेको छ, जसमा आउने निर्णयले फेरि मुलुकको राजनीतिमा बेग्लै तरंग थपिदिन सक्छ। त्यो मुद्दा हो, विभिन्न संवैधानिक निकायहरुमा नियुक्त गरिएका ५२ जना पदाधिकारीहरुको नियुक्तिसम्बन्धी निर्णय र त्यसलाई टेक्ने आधार बनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको। पूर्ववर्ती केपी ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर त्यसका आधारमा दुई पटक […]

फेसबुकदेखि टिकटकसम्मलाई यस्तो छ स्थानीय तह निर्वाचन आचारसंहिता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on फेसबुकदेखि टिकटकसम्मलाई यस्तो छ स्थानीय तह निर्वाचन आचारसंहिता.

काठमाडौं– निर्वाचन आयोगले आउँदो स्थानीय तह निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगले सामाजिक सञ्जाललाई लक्षित गरेर पनि आचारसंहितामा जारी गरेको छ। राजपत्रमा प्रकाशित भएको आचारसंहिताको दफा ४ मा फेसबुक, ट्विटर, युट्युब लगायतलाई लक्षित गरेर आचारसंहितामा व्यवस्था गरेको हो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण […]

त्रिदेवमा नेविसंघको होली मिलन

Published: in राजनीति, शिक्षा, समाज by . Leave a Comment on त्रिदेवमा नेविसंघको होली मिलन.

मेचीनगर । नेपाल विद्यार्थी संघ त्रिदेव क्याम्पस इकाई समितिले क्याम्पस परिसरमा आज होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा होलीमिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा मन्तब्य राख्दै पार्टीका जिल्ला सचिव हुमागाईले नेविसंघले लोकतन्त्रको रक्षाका निम्ति विभिन्न संगठनमा छरिएका विद्यार्थीहरुलाई संगठित […]

परिवर्तननिम्ति काँग्रेस आवश्यक : महामन्त्री थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on परिवर्तननिम्ति काँग्रेस आवश्यक : महामन्त्री थापा.

काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताए । महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य […]

भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल.

बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए। निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो र माधव नेपालजीको भेट भएको थियो। प्रधानमन्त्रीले त्यसमा भ्रममा नपर्न भन्नुभयो।’ बिहीबार प्रेस सेन्टर नेपाल […]

प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । एमालेले निर्वाचन जितेको […]

सबै दलले आफ्नै दलीय चिह्नबाट लड्न पाउँछन् : आयोग

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सबै दलले आफ्नै दलीय चिह्नबाट लड्न पाउँछन् : आयोग.

काठमाडौं, अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका अन्य दलले आफ्नै दलीय चिन्ह्रबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्। बुधबार निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको मान्यता प्राप्त गरेको उम्मेदवारबाहेक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता […]

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै.

काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए । निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा […]